गरुडा झाँझ पुलमा अवस्थित रौतहट ग्राण्डी हस्पिटलद्वारा निजी लगानीमा दुर्गा पूजाको आयोजन

मेवालाल यादव

असोज २८ गते गरुडा झाँझ पुलमा अवस्थित रौतहट ग्राण्डी होस्पिटलले आफ्नो निजी लगानीमा गरुडाको झाझपुलमा दुर्गा पूजाको आयोजन गरेको छ ।

frontline

रौतहट जिल्लाको गरुडा नगरपालिका अन्तरगत रहेका झाझ पुलमा अवस्थित रौतहट जिल्लामै पहिलो पल्ट multi super specialist hospital रौतहट ग्राण्डी हॉस्पिटल प्रा. लि. तथा ट्रामा सेन्टरको संचालक डा. संजिप प्र. जयसवालले आफ्नो निजि लगानीमा झाझ पुलमा पहिलो पल्ट दुर्गा पुजाको आयोजन गरेको छ ।

दुर्गा पूजाको शुभ अवसरमा नवरात्रि को आठौ दिन अर्थात अष्टमीको रातीमा सम्पूर्ण श्रद्धालु भक्तजनहरुको मनोरंजनको लागि सांस्कृतिक कार्यक्रम अन्तर्गत भारतको सुप्रसिद्ध भोजपुरी गायक अलबेला अशोक पटेलको टोलीद्वारा मनोरंजनात्मक कार्यक्रमको आयोजना गरेको थियो।

त्यसै अवसरमा बुधबार राती भएको सांस्कृतिक कार्यक्रमको शुभ उदघाटन शत्रमा प्रमुख अतिथि गरुडा नगरपालिकाको भावी मेयर पदको उम्मेंदवार जसपाको युवा नेता मधेश प्रदेश समिति सदस्य अनिल यादवले फिता काटी उदघाटन गरेका थिए।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेश समिति सदस्य , जसपाको रौतहट जिल्ला इन्चार्ज , विधायक प्रत्यासी बृजकिशोर प्रसाद यादव लगायत दर्जनों नेता कार्यकर्ता लगायत हॉस्पिटलका डाक्टर र कर्मचारी तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रौतहट ग्राण्डी हॉस्पिटल गरुडा झाझपुलका संचालक डा. संजिप प्र. जयसवालले प्रमुख अतिथि, विशिष्ट अतिथि , अतिथिगण, लगायत सम्पूर्ण भारतिय कालाकारहरुको सांस्कृतिक टोलीलाई टिका लगाई फूलमाला तथा गमछा ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here