गभर्नर नियुक्तिमा राजाबादी र केही ठूला व्यापारीहरूको मिलोमतोमा डेपुटी गभर्नर नीलम ढुंगानालाई साइड लगाउन चलखेल

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा ब्यापक शक्ति खेल र गहिरो चलखेल भएको खुलासा भएको छ। स्रोतका अनुसार राजाबादी र केही ठूला व्यापारीहरूको मिलोमतोमा डेपुटी गभर्नर नीलम ढुंगानालाई साइड लगाउनसम्म बागेश्वर धामका बाबा सम्म व्यापारीहरुले नेपाल भित्राएर गर्नु चलखेल घाम जत्तिकै छर्लंग छ|

गभर्नर चयन प्रक्रिया अर्थतन्त्रको दीर्घकालीन स्थायित्वसँग जोडिएको विषय हो। तर यसमा राजनीतिक, धार्मिक व्यवसायिक हित समूहहरू मिलेर हस्तक्षेप गर्न थालेको घटनाले राष्ट्र बैंक जस्तो संवैधानिक र गरिमामय संस्थाको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठाएको छ।

frontline

नीलम ढुंगाना, जो राष्ट्र बैंकको नेतृत्व अनुभव र क्षमता दुवैमा योग्य मानिन्छिन्, उनलाई पछि पार्नका लागि धार्मिक प्रभावदेखि शक्ति केन्द्रसम्म प्रयोग गरिएको खबरले संस्थागत मर्यादा सुशासनमा गम्भीर खतरा सिर्जना गरेको छ।


यस प्रकारको चलखेलले योग्य र इमानदार व्यक्तिहरूलाई पन्छ्याउने प्रवृत्तिमा वृद्धि गर्छ र राष्ट्रको वित्तीय भविष्यलाई जोखिममा पार्न सक्छ।


संवैधानिक संस्थाहरूमा नियुक्ति गर्दा योग्यता, अनुभव र निष्पक्षता मुख्य मापदण्ड बन्नुपर्छ, न कि दलगत, धार्मिक वा व्यवसायिक स्वार्थ। राष्ट्र बैंक जस्तो संस्था राजनीति र बाह्य प्रभावभन्दा माथि रहनुपर्छ — देशको अर्थतन्त्र र जनविश्वास बचाउन।

राजनीतिक नियुक्तिमा पारदर्शिता, निष्पक्षता र विधिको शासनको पालना नभए राष्ट्र बैंक जस्ता संवैधानिक अंगहरू राजनीतिक अखडा बन्ने खतरा स्पष्ट देखिन थालेको छ। गभर्नरको नियुक्ति कुनै राजनीतिक दल वा व्यक्तिको स्वार्थमा सीमित हुनु गणतान्त्रिक मूल्य अर्थतन्त्र दुवैको अपमान हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here