गभर्नर अधिकारीले शैक्षिक योग्यता ढाँटेको दावीसहित अख्तियारमा उजुरी

३१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यता ढाँटेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेकपा माओवादीकाे भातृ संगठन वाइसीएलका सुमन देवकोटाले गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुग्ने दावी गर्दै बिहिबार अख्तियारमा निवेदेन दिनुभएकाे हाे ।

frontline

नेपाल राष्ट्र बैंक ऐनले १० विषय तोकेरै ती मध्ये कुनै एकमा स्नातकोत्तर उपाधिलाई अनिवार्य योग्यता माने पनि अधिकारीले कुनै पनि विषयमा स्नातकोत्तर नगरेको दावी उजुरीमा गरिएको छ ।

गभर्नर अधिकारीले गत वैशाखमा अर्थ मन्त्रालयमा पेश गरेको ब्यक्तिगत विवरणमा शैक्षिक योग्यता स्नातक पास मात्रै उल्लेख गरेको आधारमा अख्तियारमा उजुरी परेको हो ।

अधिकारीले सन् १९८९ मा नेपाल कमर्स क्याम्पस मीनभवनबाट स्नातक तह उत्तीर्ण गरेको विवरणमा उल्लेख गरेको बुझिएको छ । अधिकारीले भारतबाट सन् १९९३ मा सीए पूरा गरेको र सोही आधारमा गभर्नरको नियुक्ति लिएको दावी गरिएको छ ।

तर त्रिभुवन विश्वविद्यालयले उक्त सिएलाई समकक्षताको मान्यता नदिएकाले अधिकारीको योग्यता नपुग्ने दावी अख्तियारमा परेको उजुरीमा गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले नेपालमा स्नातक उत्तीर्ण गरी अन्य मुलुकबाट सीए उत्तीर्ण गरेकालाई स्नाकोत्तरको समकक्षता दिने निर्णय हालसम्म नभएको प्रष्ट पारेको छ ।

यसअघि अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी नियुक्त हुँदा पनि बाेर्डका पूर्वकार्यकारी अधिकृत राधेश पन्तले गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा दिएकाे मुद्दा अहिले पनि अदालतमा विचाराधीन रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here