गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै नेविसंघको प्रदर्शन

३१ असार, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ।

नेकपा एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी रहेको र उक्त नाम गभर्नर महाप्रसाद अधिकारीको भएको दाबीसहित विरोध भइरहेका छन्। एमालेले पनि एम अधिकारी को हुन् भन्ने प्रष्टाउन सकेको छैन।

frontline

नेविसंघले आज माइतीघर मण्डलमा गभर्नर अधिकारीविरूद्ध प्रदर्शन गरेको हो। नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्जाको विषय भएको भन्दै बर्खास्त गर्न माग गरेका छन्।

उनले गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप शसक्त बनाइने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here