गभर्नरमा रस्साकस्सी : ओली भेट्न गएनन् देउवा

 समाचार सारांश

  • सोमबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरियो।
  • प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भेटवार्ताको तयारी थियो, तर देउवा बालुवाटार गएनन्।
  • गभर्नर नियुक्तिको विषयमा दुई दलबीच विवाद चलिरहेको छ, जसमा डा. विश्व पौडेलको नाममा सहमति भएको बताइएको छ।

काठमाडौँ । सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, मन्त्रिपरिषद् बैठक स्थगित गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता हुने तयारी थियो ।

मन्त्रिपरिषद् बैठक स्थगित गरिएपनि देउवा बालुवाटार नआएको बालुवाटार स्रोतले बतायो । शीर्ष दुई दलका नेताबिच गभर्नर नियुक्तिको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ । 

frontline

कांग्रेस र एमालेबिच गभर्नरमा कांग्रेस निकट डा.विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको स्रोत बताउँछ । तर, हालसम्म सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन । 

समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ भने सोही आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था छ । 

#ओली र देउवा #गभर्नर #राजनीति #बैठक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here