गत शनिबारसम्म आवेदन दिएकालाई एनओसी

सरकारले दक्षिण कोरियामा अध्ययनका निम्ति वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने निर्णय गर्नुअघि आवेदन दिएकालाई पत्र प्रदान गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा अध्ययनका निम्ति तत्काललाई एनओसी बन्द गरेपनि २७ गतेसम्म आवेदन दिइसकेकालाई नियमानुसार एनओसी प्रदान गरिने जनाएको छ । 

मन्त्रालयको सूचनामा भनिएको छ, ‘यही मिति २०८२–०१–२७ गतेसम्म मन्त्रालयको एनओसी अनलाइन पोर्टलमा आवेदन दिइसकेका सबै प्रकारका आवेदकलाई नियमानुसार वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) प्रदान गरिने जानकारी गराइन्छ ।’

frontline

कोरियामा अध्ययनका निम्ति गएका विद्यार्थीहरु शुरुदेखि नै रोजगारीमा लाग्दा पढाईलाई निरन्तरता नदिने, पढाई समय कम भएका विश्वविद्यालयमा भर्ना हुने, काम पाउँदा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत नेपाली विद्यार्थी पठाउने गरेको पाइएपछि मन्त्रालयले एनओसी रोक्नुपरेको जनाएको छ ।

यस विषयमा थप अध्ययनको निम्ति कार्यदल गठन गरिएको छ । कार्यदलको प्रतिवेदनपछि सोही सिफारिसका आधारमा थप निर्णय गरिने मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here