गण्डक ब्यारेजको सबै ढोका खोलियो, पानीको बहाव उच्च

फ्रन्टलाइन देश । लगातार भइरहेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । मङ्गलवार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको बताइएको छ ।

गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो । सोमवारदेखि परेको लगातारको पानीका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा यसले पु¥याउने क्षतिलाई ध्यानमा राख्दै भारतीय पक्षसँगको समन्वयमा सबै ढोका खोलिएको हो । गण्डक ब्यारेजमा दुई लाख पचास हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ । पानीको सतहले चेतावनीको तह पार गर्नुअघि नै दुवै पक्षको सहमतिमा सबै ढोका खोलिएको बुझिएको छ ।
निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता सात लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले चारदेखि पाँच लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्ने अनुमान छ । नदीमा पानीको सतह बढेपछि गण्डक कमान्डका स्थानीयवासीलाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले आग्रह गरेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here