गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा बागलुङ तर्फ प्रस्थान
मैले पैसा खाएको भन्नेलाई प्रमाण देखाउन चुनौती दिन्छु
जनमोर्चाका महासचिव मनोज भट्टले आफूले सांसद थापाको हस्ताक्षर ल्याउने र प्रदेश प्रमुखको कार्यालयमा लगेर बुझाउने बताएका थिए । तर, हस्ताक्षर लिने भनिएका सांसदचाहिँ बागलुङ लागेका छन् । सांसद थापाले बाह्रखरीसँगको कुराकानीमा भने, “म त बागलुङतर्फ लागेँ । पुग्दै छु ।”
महासचिवले त हस्ताक्षर गर्नुहुन्छ भन्नुभएको थियो, हस्ताक्षर गर्नुभयो त ? भन्ने प्रश्नमा उनले भने, “मैले हस्ताक्षर गरेको छैन, केही बेरमा बागलुङ पुग्छु ।”
उनले पार्टीका कोही पदाधिकारीसँग कुरा नगरेको बताए । कारबाहीबारे पनि आफू जानकार नरहेको उनले बताए । उनले आफूलाई कारबाही हुने भन्ने सुनेको र घरतिर लागेको बताएका छन् । “खै के कारबाही हुने हो रे, त्यही भएर म त घरतिर बस्न आएँ,” उनले भने ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीको ‘आफ्ना सांसद बिक्री भएको’ भन्ने अभिव्यक्तिको पनि उनले खन्डन गरे । “मैले त हस्ताक्षर नगर्ने नै भनेको हुँ, गर्दिनँ पनि । अर्कैले गर्दिन पनि के बेर, त्यसो भए त म मुद्दा हाल्छु । पैसा खायो भनेर भन्दा त सहेर बसेको छु । मैले पैसा खाएको भन्नेलाई प्रमाण देखाउन चुनौती दिन्छु ।”
प्रतिक्रिया दिनुहोस्