गण्डकी प्रदेशमा कोरोनाबाट सात जनाको मृत्यु

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माका अनुसार नवलपरासी पूर्वका तीन जना, कास्कीका दुई जना, गोरखा र बाग्लुङका एक/एकजनाको मृत्यु भएको हो ।

frontline

कोरोनाबाट मृत्यु हुने यो संख्या आइतबार यताको हो ।

नवलपरासी पूर्वको कावासोती नगरपालिका–३ का ८१ वर्षीय पुरुष, देवचुली नगरपालिका–४ की ६८ वर्षीया महिला र मध्यविन्दु नगरपालिका–७ की ६४ वर्षीया महिलाको आइतबार चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

उनका अनुसार ८१ वर्षीय पुरुषमा असार ७ गते, ६८ वर्षीया महिलामा असार १८ गते र ६४ वर्षीया महिलामा असार १७ गते संक्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखरा महानगरपालिका–१४ का ६२ वर्षीय पुरुषको सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

उनीमा असार १३ गते संक्रमण पुष्टि भएको थियो । यसैगरी पोखरा महानगरपालिका–१२ की ७० वर्षीया महिलाको मंगलबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको थियो । उनीमा असार २० गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी गोरखाको सिरानचोक गाउँपालिका–४ का ५८ वर्षीय पुरुषको सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

उनीमा जेठ २५ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बागलुङको बागलुङ नगरपालिका–३ का ६८ वर्षीय पुरक्षको मंगलबार मणिपाल शिक्षण अस्पतालमा पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा असार १८ गते संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here