गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का खगराज अधिकारी नियुक्त भएका छन्।

एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

frontline

अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको छ।

यसअघि अधिकारीले सत्तारुढ दलहरुको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन्।

उनको समर्थनमा सभामुख कृष्ण धिताल र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादीका राजीव गुरुङ उर्फ दीपक मनाङेकोपनि हस्ताक्षर छ। समर्थनमा हस्ताक्षर गर्ने मनाङे बहालवाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here