गठबन्धनका ‘बागी’लाई पार्टीबाटै निकाल्ने चार नेताको चेतावनी
२५ असोज, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष चार नेताले गठबन्धनविरुद्ध स्वतन्त्र उमेदवारी दिएकाहरुलाई उमेदवारी फिर्ता लिन निर्देशन दिएका छन् ।
मंगलबार गठबन्धनका शीर्ष नेताहरुले विज्ञप्ति जारी गरी निर्देशन पालना नगरे पार्टीबाटै निकाल्ने चेतावनी दिएका हुन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त हस्ताक्षरसहित जारी निर्देशनमा २६ असोजको अपरान्ह १ बजेभित्र उमेदवारी फिर्ता लिन चेतावनी दिइएको छ ।
“निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उमेदवारी फिर्ता नदिएमा सम्बन्धित पार्टीले निस्काशन गर्ने व्यहोरा अवगत गराइन्छ,” चार नेताद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्