गएराती परेको चट्याङ्गका कारण सात जना बेहोस, तीनको अवस्था गम्भीर

ओखलढुंगा । ओखलढुंगामा गएराती परेको चट्याङ्गका कारण सात जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका १० बेतिनीका घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।

विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था गम्भीर रहेको बताइएको छ । उनीहरु तीनै जनालाई ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ ।

frontline

चट्याङले बेहोस भएका अरुको अवस्था सामान्य रहेको छ । चट्याङले एक दर्जन बढि घरमा क्षति पुगेकोे र गाई र भैसी गरी आधा दर्जन बढी चौपाया मरेको जनाइएको छ ।

घटनाको बारेमा थाहा पाएपछि सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here