गंगामाया अधिकारीको अपिल

काठमाडौं । गोरखाकी गंगामाया अधिकारीले आफ्नो छोराको न्यायका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायसँग आग्रह गर्नु भएको छ ।

आफ्नो छोराको हत्या भएको १७ वर्षसम्म पनि न्याय नपाएपछि एक अपिल जारी गर्दै अधिकारीले न्यायका लागि आग्रह गर्नु भएको हो ।

frontline

हत्याका संलग्न विरुद्ध मुद्दा दायर गरिएको भनिएतापनि अहिले ती सबैले सफाइ पाइसकेको जानकारी पाएकाले दोषीलाई खोजी कानुनी दायरमा ल्याउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

१७ वर्षअघि अधिकारीका छोरा कृष्ण प्रसाद अधिकारीलाई तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले आजकै दिन जेठ २४ २०६१ मा चितवनमा हत्या गरेका थिए ।

छोराको हत्यारा पत्ता लगाउन भन्दै २०६८ देखि गंगामाया र उहाँका श्रीमान आमरण अनशनमा बस्नु भएको थियो ।

अनशनकै क्रममा उहाँका श्रीमानको २०७१ असोज ६ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here