खोलामा डुबेर बालकको मृत्यु

१८ भदौ, बुटवल । पश्चिम नवलपरासीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो बर्दघाट नगरपालिका–१४ स्थित खजुरा खोलामा डुबेर एक बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

frontline

प्रहरीका अनुसार उक्त खोलामा पौडी खेल्ने क्रममा बर्दघाट–७ का सिताराम चौधरीका छोरा नौ वर्षीय निखिलको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here