खोप प्रमाणपत्र भए मात्र नेपाल-भारत आवतजावत गर्न पाइने

८ मंसिर, काठमाडौं । खोप प्रमाणपत्र भए मात्र नेपाल-भारत आवतजावत गर्न पाइने भएको छ। नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारे सहमति भएसँगै दुई देशबीचको आवतजावतमा सहज हुने भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मंगलबार कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि नेपाल र भारतबीच समझदारीपत्र आदानप्रदान भएको छ।

frontline

स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमति पत्रमा हस्ताक्षर गरे।

सहमतिनुसार नेपालमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिनेछन् । खोप लगाएको प्रमाणपत्र देखाएमा एक अर्का देशमा सहजै आवतजावत गर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here