खोपकेको अध्यक्षमा चन्द्रकिशोर
काठमाडौँ, १९ असोज (रासस) ः खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा पत्रकार चन्द्रकिशोर झा सर्वसम्मत चयन हुनुभएको छ ।
खोपकेको आज सम्पन्न साधारणसभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा पत्रकार निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरालाई चयन गरिएको छ ।
त्यसैगरी थप दुई सदस्यपछि मनोनयन गर्ने गरी पत्रकार हरिबहादुर थापा, लक्ष्मी बस्नेत र राजाराम गौतमलाई सदस्यमा चयन गरिएको छ । –––
प्रतिक्रिया दिनुहोस्