खोटाङको हलेसी तुवाचुङ- नवौं नगर सभा-निति, कार्यक्रम, विधेयक- ५८ करोड बजेट-

हलेसी तुवाचुङ नगरपालिकाले ५८ करोड १६ लाख २८ हजार ५५० रुपैयाँ बराबरको बजेट ल्याएको छ। सो नगरपालिकाले चालु खर्चतर्फ ३५ करोड ३० लाख ३२ हजार र पुँजीगततर्फ २२ करोड ८५ लाख ९६ हजार ४५० रुपैयाँ बजेट विनियोजन गरेको छ। हलेसी तुवाचुङले सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान बाहेक १७ करोड ८९ लाख ९६ हजार ४५० रुपैयाँ बराबरको बजेट नगर तथा वडा स्तरिय योजनामा विनियोजन गरेको छ। ३६ देखि ४० लाखको सिलिङ पाएको वडालाई मागको आधारमा र आवश्यकताको आधारमा थप बजेट उपलव्ध गराइएको नगरपालिकाले जनाएको छ।  

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ५८ करोड १६ लाख २८ हजार ४५० बराबरको बजेट ल्याएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नवौँ नगरसभामा उपमेयर विमला राईले ५८ करोड १६ लाख २८ हजार ४५० बराबरको बजेट पेश गरेकी हुन् । विहिबार हलेसीस्थीत जाम्बला रीसोर्टमा ०७८÷०७९ को निती कार्यक्रम तथा पारीत गर्दैे सभा सम्पन्न भएको छ । संघ र प्रदेश समानिकरण, राजस्व बाडफाँड, शर्सत, समपुरक अनुदान, आन्तरीक श्रोत लगाएतको शीर्षकलाई समावेश गरी चालुतर्प ३५ करोड ३० लाख ३२ हजार र पुँजीगत तर्प २२ करोड ८५ लाख ९६ हजार ४५० गरी ५८ करोड १६ लाख २८ हजार ४५० बराबरको बजेट पारीत गरीएको हो । नगरसभामा मेयर इवन राईले निति तथा कार्यक्रम, उपमेयर विमला राईले आयव्याय विवरण, वार्षिक योजना तथा कार्यक्रम, विनियोजित विधेयक, वडाध्यक्ष रमेश कुमार राउतले न्यायीक समितिले उजुरीका कारबाही तथा किनारा लगाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको संशोधन विधेयक प्रस्तुत गरेका छन् । सभामा बसपार्क निर्माणका लागि निशुल्क जग्गाप्रदान गर्ने ७ दाताहरुलाई प्रमाणपत्र सहित सम्मान गरीएको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here