खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई बिउ तथा कृषि सामग्री वितरण सुरु

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका किसानलाई बिउ तथा कृषि सामग्री वितरण सुरु गरिरेको छ । नगरपालिकाको आग्रहमा जीविकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत स्विस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा किसानलाई कृषि सामग्री तथा बिउ वितरण सुरु गरिएको हो ।

नगरपालिकाका १० रोपनीभन्दा कम जग्गा भएका किसानलाई हिल ट्यांकी, प्लास्टिक टनेल, सिड(स्प्रे, हजारी र बिउबीजन वितरण सुरु गरिएको नगरप्रहुख इवन राईले बताए ।

frontline

गत वर्षको लामो खडेरीका कारण किसानले खाद्य संकट झेलेका थिए । नगरपालिकाले राहत माग गरेको आधारमा

चार हजार ५३ घर किसानलाई दुई करोड ४४ लाख रुपैयाँ बराबरको कृषि सामग्री एवं बिउ उपलब्ध गराइएको हो । किसानको नगरपालिकासँग गरेको माग नगरपालिकाले कृषि सामाग्री उपलब्ध गराएको नगरप्रमुख राईले बताए ।

मंगबारदेखि तुवाचुङ नगरपालिका– १० अर्खौलेबाट वितरण सुरु गरिएको छ । कृषि सामग्री तथा बिउ क्रमशः ११ वटै वडाका किसानलाई वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here