खोटाङको दिक्तेल बजारभित्रको सडक हिलाम्मे

श्रोत: ईन्टरनेट

खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल बजारभित्रको सडक हिलाम्मे हुने गरेको छ ।

निर्माण व्यवसायीले ठेक्का पारेर निर्माण व्यवसायीले सडक ढलान नगर्दा सदरमुकाम दिक्तेलबजारको बाँकी सडक हिड्नै नसकिने गरी हिलाम्मे हुने गरेको हो ।

frontline

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको सिंचाई गेटदेखि नेपाल दुर सञ्चार शाखा कार्यालय भानुचोकसम्मको कच्ची सडक ढलानको ठेक्का सुर्य विकास जेभी लाहानले पारेको छ ।

सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा ठेक्का पारेको जेभीले १० असारमा उक्त कार्यालयसँग सम्झौता गरिसकेको छ । सम्झौता अनुसार जेभीले आगामी मंसिर २० गतेभित्र सडक ढलान गरिसक्नुर्नेछ ।

सम्झौता गरेको एक महिना बितीसक्दा पनि निर्माण कम्पनीले काम गर्न सुरसार गरेको छैन ।

जनशक्ति तयारी गर्दै गरेको र बढीमा १० दिनबाट काम सुरु गरिने निर्माण कम्पनी सुर्य विकास जेभीका प्रतिनिधि दिनेश कुमार साहले बताउनु भयो । निर्माण कम्पनीले ७६४ घनमिटर ढलान र ४५३ घनमिटर ग्याभिङ वालको काम गर्नुपर्नेछ ।

सदरमुकाम तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानका लागि वजेटको टुंगो लागेर सम्पूर्ण प्रक्रिया पूरा भए पनि निर्माण कम्पनीले काममा बेवास्ता गर्दै आएका कारण सदरमुकामवासी हिलाम्यै सडकमा हिड्न बाध्य रहेका छन् ।

ठेक्का पारेर बेलैमा काम सुरु नगर्दा बजारभित्रको सडकमा पानी जम्ने र हिलाम्मे हुने गरेको छ । बर्खामा सर्वसाधारणलाई आवतजावत गर्न झनै सकस भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here