खेल्दै गरेका बालकलाई जलगैंडाले निलेर जिबितै बाहिर फ्याकिदियो !

१ पुस, कम्पाला । अफ्रिकी मुलुक युगान्डामा ताल किनारामा खेल्दै गरेका बालकलाई जलगैंडाले निलेको समाचार बाहिरिएको छ।

ताल किनारामा खेल्दै गरे दुई वर्षीय बालक जलगैंडाले निलेको र फेरि मुखबाट बाहिर फ्याकिदिएको हो।

frontline

द टेलिग्राफको रिपोर्टअनुसार दुई वर्षीय बालक पल इगा युगान्डाको एडवर्ड तालको किनारामा खेलिरहेका थिए।
अचानक तालबाट बाहिर निस्केको जलगैंडाले मुखले बेस्सरी बालकलाई च्यापेको थियो।

घटना हुँदा स्थानीय नागरिक क्रिस्पास बागोन्जा त्यहाँ थिए। घटना देखेर उनी निकै आत्तिएका थिए। तर, पनि उनी बालकलाई सहयोग गर्न तम्सिए। उनले जलगैंडालाई ढुंगाले हाने। ढुंगाको चोटले जलगैंडा त्रसित भयो। त्यसपछि जलगैडाले बालकलाई मुखबाट बाहिर फ्याकिदियो।

ती बालक सामान्य घाइते भएका थिए। उपचारका लागि क्लिनिकमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनलाई नजिकैको अस्पतालमा रिफर गरिएको थियो। 

त्यहाँ रेबिजको ​​खोप लगाएर घर पठाइएको छ। युगान्डा प्रहरीले एक विज्ञप्तिमा भनेको छ-एडवर्ड तालको किनारमा हिप्पोले बच्चा निलेको यो पहिलो घटना हो । क्रिस्पास बागोन्जाको बहादुरीका कारण बालकको ज्यान जोगिएको हो।’
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here