खेलाडी र कर्मचारीमा कोभिड–१९ पुष्टि, लिभरपुल र आर्सनलबीचको सेमिफाइनल स्थगित

२२ पुस, काठमाडौं । खेलाडी र कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि बिहीबारका लागि तय लिभरपुल र आर्सनलबीच इङ्लिस लिग कप (इएफएल)को सेमिफाइनल पहिलो लेग स्थगित भएको छ ।

लिभरपुलका मुख्य प्रशिक्षक यर्गेन क्लोप कोभिड १९ संक्रमण पुष्टि भएपछि शनिबारबाटै आइसोलेसनमा छन् । बुधबार मात्र लिभरपुलका सहायक प्रशिक्षक पेपिजिन लिजनडर्सलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको थियो । 

frontline

लिभरपुलले मंगलबार आफ्नो टोलीका धेरै खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टि भएकाले आर्सनलविरुद्धको खेल तत्कालका लागि रद्द गर्न आग्रह गरेको थियो । लिभरपुलले मंगलबारबाटै प्रशिक्षण बन्द गरिसकेको थियो ।

‘दुवै क्लबसँगको पटक पटकको छलफलपछि बिहीबारका लागि तय लिभरपुल र आर्सनलबीचको खेल तत्कालका लागि स्थगित गर्दै नयाँ मिति तय गरिएको छ,’ इएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘लिभरपुल र आर्सनलबीचको सेमिफाइनल पहिलो लेग जनवरी १३ र दोस्रो लेग जनवरी २० मा हुनेछ ।’

आज राति हुने पहिलो सेमिफाइनलमा चेल्सीले स्टामफोर्ड ब्रिजमा टोटनहमको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here