खेलकुद महासंघकाे साताैँ पदाधिकारी बैठक सम्पन्न
२४ माघ, काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघकाे साताैँ पदाधिकारी बैठक सम्पन्न भएकाे छ ।
आइतबार त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरकाे डिइसिसी हलमा विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै बैठक सम्पन्न भएकाे हाे ।
बैठकले आगामी महाधिवेशनपश्चात् अधिकतम २९९ जनाकाे केन्द्रीय कमिटी गठन गर्न सकिने निर्णय गरेकाे छ । जसमा १७ जना पदाधिकारी रहनेछन् ।
महाधिवेशनका लागि संघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतकाे संयाेजकत्वमा १९९ सदस्यीय अाजाेजक कमिटी समेत गठन गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्