खेलकुदमन्त्री दिपक मनाङेको सम्पत्ति विवरण सार्वनिक

१७ कार्तिक, पोखरा :  गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दिपक मनाङे) र भूमी व्यस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण सार्वनिक गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अन्य मन्त्रीले यसअघि नै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। 

गुण्डागर्दीबाट अरबौं रुपौयाँ कमाएको आरोप लाग्दै आएका युवा तथा खेलकुदमन्त्री दिपक मनाङेले गरेको सम्पत्ति सार्वजनिक विवरणमा सम्पत्तिको नाममा संघर्ष गाईभैंसी प्रालिमा ४० प्रतिशत हिस्सा, २२ तोला सुन, ४५ तोला चाँदी,  ८३ तोला मुगाको माला रहेको छ। मुगा र चाँदी प्राप्तिको स्रोत व्यवसाय रहेको उल्लेख गरेका छन्। 

frontline

मनाङेले अर्कैको नाममा जग्गा र आफू ऋणमा रहेको सार्वजनिक सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन्। अर्कैको नामा बैनापट्टा गरेको संयुक्त लगानीमा जग्गा र कृषि फार्म रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवराणमा छ। मन्त्री मनाङे जेठ २९ गते नियुक्त भएका थिए। मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित मन्त्री मनाङेले असोज १८ गते आफ्नो सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएका थिए। मन्त्री नियुक्त भएको ६० दिनभित्र सार्वजनिक गर्नु पर्ने प्रावधान रहे पनि मनाङेको सम्पत्ति विवरण साढे चार मिहनापछि सार्वजनिक भएको छ। 

मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको संयूक्त नाममा काठमाडौं २९ धर्मस्थलीमा क्रमश कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन्। प्रति आना ९ लाखमा जग्गा किनेको पनि उनले खुलाएका छन्। 

२०५४ सालमा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरी आफूसँग २२ तोला सुन रहेको मनाङेको सम्पत्ति विवरणमा उल्लेख छ। वैदेशिक रोजगारीबाट सुन प्राप्ति गरेको उल्लेख छ। उनको एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपौयाँ मौज्दात रहेको देखाएका छन्। सांसद र मन्त्री हुँदा प्राप्त भएको उल्लेख छ। मनाङेले ६ करोड १० लाख रुपौयाँ ऋण लिएर ३ करोड ७० लाख रुपैयाँ तिरेको सम्पति विवरणमा उल्लेख छ। विवरण अनुसार मनाङेको २ करोड ४० लाख रुपैयाँ ऋण देखिएको छ। मनाङे यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकामा २ पटकसम्म युवा तथा खेलकुद मन्त्री भएका थिए। 

यसै गरी गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनको बाग्लुङ तारापानी ५ मा पुर्ख्यौली सगोलको जग्गा रहेको सार्वजनिक गरेका छन्। जनएकता बहुउद्देश्य सहकारी संस्था लिमा १० हजार रुपौयाँ रहेको पनि उल्लेख छ। एभरेष्ट बैंकका खातामा पैसा देखिंदैन। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित ९ जना मन्त्रीको सम्पति विवरण भदौ ९ गते सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here