खेत जोत्ने क्रममा ट्रयाक्टर चालकको मृत्युु

श्रोत : ईन्टरनेट

चितवन । चितवनमा खेत जोत्ने क्रममा ट्रयाक्टर चालकको मृत्युु भएको छ ।

शुक्रबार ११:१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा न २६ खत्रौली स्थित खेतमा रोपाईको लागि खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा ट्याक्टर चालकको मृत्यु भएको हो ।

frontline

भरतपुर महानगरपालिका वडा न २५ बस्ने ४६ वर्षीय टिकाराम न्यौपानेलाई ट्याक्टर पल्टिदा सोही ट्याक्टरले च्याँपिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तत्काल ईलाका प्रहरी कार्यालय दिब्यनगरबाट प्रहरी टोली र जेसिवीको सहायताबाट बाहिर निकाल्दा निजको घटनास्थलमै मृत्यु भई सकेको प्रहरीले जनाएको छ ।

मुचुल्का गरी शव परिक्षणको लागी जिल्ला अस्पताल भरतपुर पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here