खुमलटारमा माओवादी बैठक, कार्की र श्रेष्ठ पनि सामेल

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बिहान बैठक बसेको हो । आजको बैठकमा अस्ति एकतापछि सचिव बनेका गंगानारायण श्रेष्ठ पनि सहभागी छन् । त्यस्तै पार्टी छोड्न लागेको भनेर प्रचार गरिएका सचिव राम कार्की पनि सामेल भए । 

बैठकमा माओवादीले संचालन गरेको दुबै (हुलाकी मार्ग र मध्यपहाडी मार्ग केन्द्रित) जागरण अभियानको समीक्षा भएको बताइएको छ । त्यस्तै, समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको जनाइएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here