खाल्डोमा गाडिएको अवस्थामा शव फेला

जनकपुरधाम । महोत्तरीमा खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ ।

जिल्लाको लोहारपट्टी नगरपालिका(७ मा खाल्डोमा भेटिएको शव स्थानीय सुजिता ठाकुरको भएको अनुमान छ ।

frontline

२६ बर्षकी सुजिता गत जेठ २० गतेदेखि वेपत्ता थिइन् ।

शव सुजिताको घरदेखि करिब डेढ किलोमिटर टाढा खेतमा गाडिएको अवस्थामा फेला परेको उनका भाइ शिवमले बताए ।

उनका अनुसार सुजिताको शव खेतमा गाडेको सूचना आएपछि प्रहरी बोलाएर उत्खनन गरिएको थियो ।

महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले खाल्डोभित्र तन्नामा बेरिएको अवस्थामा केही वस्तु भेटिएको र उक्त वस्तु शव हो वा होइन भन्ने पनि नखुलेको बताए । उक्त शव फरेन्सिक परीक्षणका लागि पठाएको उनले जानकारी दिए ।

स्थानीय अधिकारकर्मी गुन्जा रायले खाल्डोमा शव राखेर नुन र मलखाद हालेका कारण हड्डी पनि गलेको बताइन् ।

प्रहरीले सुजिताका पति मुकेश र देवर रुपेशलाई पक्राउ परेको छ ।

उनको माइती पक्षले सुजिताको हत्या भएको भन्दै ससुरा पतिराम ठाकुर, देवर रूपेश ठाकुर र देउरानी रोमी ठाकुरविरुद्ध किटानी जाहेरी दिन जाँदा प्रहरीले नलिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here