खाने तेलको मूल्यमा वृद्धि स्वाभाविक : वाणिज्य विभाग

२८ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएको कारणले स्थानीय बजारमा प्रशोधित खाने तेलको मूल्यमा वृद्धि स्वाभाविक भएको जनाएको छ ।

२२ वटा तेल उद्योगले पनि सोयाबिन र सनफ्लावर तेल उत्पादन तथा आपूर्ति गर्दै आइरहेको उल्लेख गरेका छन्‌ ।

frontline

विगतमा फैलिएको कोभिड–१९ तथा अहिले युक्रेन र रूसबीच भएको युद्धले अभाव सिर्जना भई कच्चा तेलको मूल्यमा अस्वाभाविक रूपमा बढेको विभागले जनाएको छ ।

दक्षिण अमेरिकामा निम्तिएको खडेरी, मलेसिया र इण्डोनेशियामा बढेको श्रमिक समस्या तथा खराब मौसमका कारण ४० प्रतिशत बाली बिग्रेकाले कच्चा खाने तेलको मूल्य जनवरीमा नै उच्च बिन्दुमा पुगिसकेको पनि विभागले उल्लेख गरेको छ ।

विभागको दाबीअनुसार तेल उद्योगहरूलाई चाहिने मुख्य कच्चा पदार्थमध्ये सनफ्लावर तेल ९५ प्रतिशत देखि १०० प्रतिशत र तोरीको दाना ६० प्रतिशत देखि ८० प्रतिशतसम्म विदेशबाटै ल्याइने गरिएको छ ।

तेलको आपूर्ति अभाव सिर्जना भएपछि करिब ४० देखि ५० प्रतिशतसम्म मूल्यवृद्धि हुन पुगेको छ, जुन हालसम्मकै उच्च हो ।

यसैकारण उद्योगहरूले गर्ने आयातमा समेत प्रत्यक्ष असर पर्न गएको, तर सबै उद्योगहरूले स्थानीय बजारमा मूल्यलाई स्थिर राख्नका लागि ‘सप्लाइ चेन’ नबिगार्ने प्रयास गरेको विभागले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here