खानेपानी विभागको महानिर्देशकमा खत्री नियुक्त

खानेपानी तथा सरसफाई मन्त्रालयले खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा त्रिरेशप्रसाद खत्रीलाई नियुक्त गरेको छ ।

मेलम्ची खानेपानी आयोजना प्रमुखको जिम्मेवारी समाल्हादै आएका खत्रीलाई बिहीबार मन्त्रिस्तरीय निर्णयले महानिर्देशकमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जानकारी दिए ।

frontline

काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को बोर्डको अध्यक्षसमेत रहेका थिए । नेपाल सरकारको सह–सचिव समेत रहेका खत्री यसअघि मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख र खानेपानी आयोजना कार्यान्वयन निर्देशनका प्रमुख समेत भइसकेका हुन् ।

हाल मेलम्ची खानेपानी आयोजनाका प्रमुखको जिम्मेवारी रामकुमार श्रेष्ठलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here