खाद्य हरियाली शहर कार्यक्रमका लागी नास्ट संग महालक्ष्मीको सम्झौता

काठमाडौं, असोज २० । महालक्ष्मी नगरपालिका धनकुटाले खाध हरियाली शहर कार्यक्रमका लागी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) संग सम्झौता गरेको छ । आज (बुधबार ) ललितपुर सातदोबाटोमा रहेको नास्टको कार्यालयमा एक समारोहका बीच खाद्य हरियाली शहर कार्यक्रम अघि बढाउने गरि समझदारी पत्रमा दुबै पक्षले हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा नास्टका तर्फबाट उपकुलपती डा. सुनील बाबु श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका तर्फबाट मेयर पर्शुराम नेपालले हस्ताक्षर गर्नुभयो ।


नगरपालिकालाई हरित र स्वच्छ अनि सुन्दर नगर बनाउन खाद्य हरियाली शहर कार्यक्रम अघि बढाउन लागिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शूराम नेपालले बताउनुभयो । नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन, नागरिकलाई आयआर्जनसंग जोड्ने र स्वरोजगार बनाउन यो कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा लिएका छौं , मेयर नेपालले फ्रन्टलाइन खबरलाई भन्नुभयो ।

frontline


यस्तै नास्टका उपकुलपति डा. सुनील बाबु श्रेष्ठले कार्यक्रमले व्यवस्थित शहरीकरण र स्वच्छ वातावरण सहितको खाध्यान्न उत्पादनमा महालक्ष्मी नगरपालिका आत्मनिर्भर बन्न प्रेरित गर्ने आशा व्यक्त गर्नुभयो । नास्टले अन्य विभिन्न पालिकाहरुसंग समेत यो कार्यक्रम बारे सम्झौता भइसकेको र निकट भविष्यमा यो थप विस्तारित हुने बताउनुभयो । सम्झौता भन्दा कार्यान्वयन र परिवर्तनको पाटो बढि महत्वपुर्ण हुने र त्यसका लागि लाग्नुपर्नेमा उहाँको जोड थियो ।


कार्यक्रममा नास्टका सचिव डा. महेश कुमार अधिकारी, नास्टका अन्य पदाधिकारी, महालक्ष्मी नगरपालिकाका अन्य प्रतिनिधि एवम् संचारकर्मीको उपस्थिती रहेको थियो । महालक्ष्मी नगरपालिकाले विभिन्न संघसंस्थाहरु संगको सहकार्य र साझेदारीमा धेरै महत्वाकांक्षी परियोजना अघि सारेको छ । जसले नगरपालिकामा सकारात्मक प्रभाव देखा पर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन महालक्ष्मी धनकुटा

poster-here