खाद्यमा मनपरी, रियो जुसमा भेटियो अखाध्य पदार्थ

७ साउन, कुरिनटार । चितवनको इच्छाकामना ४ कुरिनटार निवासी भविश्वर गुरुङले स्थानिय त्रिपाठी किराना पसलबाट छोराहरुका लागि दुई वटा रियो जुस किनेर घरमा लगे ।

छोराहरुले जुस खादाँ एउटा जुसमा अखाध्य बस्तु भेटिएयोे । छोराले स्वाद फरक आएको भनेपछि आफुले टेष्ट गर्दा गन्हाएपछि जुस गिलासमा खन्याउँदा जुसमा कमिला भेटिएको समेत भविश्वरका श्रमती सुनिता गुरुङले बताईन् ।

frontline

छोराले वान्ता समेत गरेको उनले बताइन् । जुस सडिएको र नाली जस्तै गन्हाएपछि उनले किनेको किराना पसलमा देखाए ।

पसलका प्रोपाइटरले यो विषयमा कम्पनीका प्रतिनिधिसंग कुरा गर्न भनेपछि उनले कम्पनीका प्रतिनिधिलाई बोलाएर जानकारी गराए ।

तर कम्पनीका प्रतिनिधिले एक दुई वटा यस्तो पर्नु स्वभाविक भनेर गैरजिम्मेवारी जवाफ फार्काए । स्वास्थ्य परिक्षण गरिदिन आग्रह गर्दा अस्वीकार समेत गरेपछि गुरुङले इलाका प्रहरी कार्यालय मुग्लिनलाई खबर गरेका थिए ।

सिजी फुड प्राइभेट लिमिटेड दुमकौली नवलपरासीबाट उतपादित उक्त जुस परिक्षणका लागि गुणस्तरीय विभागमा पठाइएको छ ।

कहीलेकाही एक दुई वटा यस्तो हुन्छ भनेर गैर जिम्मेवार जवाफ दिने रियो जुस कम्पनीले नागरिक स्वास्थ्यमाथी खेलवाड गरेको गुरुङले बताए ।
गुरुङका छोरा र श्रीमतीलाई स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाइएको छ । उनिहरुको स्वास्थ्य भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here