खस-आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट किशोरसिंह राठौर सहमहामन्त्री निर्वाचित भएका छन्।

सानेपास्थित पार्टी कार्यालयमा भएको मतगणनामा उनले खस-आर्यतर्फको सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

frontline

राठौरले २५७६ मत ल्याए भने उनका प्रतिद्वन्द्वी देवराज चालिसेले २०५९ मत पाए। राठौरले शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका थिए।

यसअघि आजै सम्पन्न मतगणनामा मुस्लिमतर्फ देउवा समूहकै फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here