क्षेप्यास्त्र हमलामा ठूलो संख्यामा भाडाका विदेशी सैनिक मारिएको रुसको दाबी

१ चैत्र, काठमाडौं । रुसले पश्चिमी युक्रेनस्थित एक सैन्य अखडामाथि क्षेप्यास्त्र हमला गरी ठूलो संख्यामा भाडाका विदेशी सैनिक मारेको दाबी गरेको छ ।

मिडिया रिपोर्टअनुसार रुसले आइतबार पश्चिमी युक्रेनको याभोरिभ शहरमा अवस्थित सैन्य तालिम केन्द्रमा क्षेप्यास्त्र हमला गरी १८० जना भाडाका विदेशी सैनिक मारेको दाबी गरेको छ ।

frontline

‘रुसले पश्चिमी युक्रेनस्थित याभोरिन सैन्य तालिम केन्द्रमा भएको क्षेप्यास्त्र हमलामा १८० जना भाडाका विदेशी सैनिक मारेको दाबी गरेको छ’ द किएभ इन्डेपेन्डेन्टले ट्विटरमा लेखेको छ, ‘युक्रेनमा भाडाका विदेशी सैनिकको रुपमा रहेका विदेशीहरूलाई मारिरहने समेत रुसी सरकारले भनेको छ ।’

तर युक्रेनी अधिकारीले रुसी दाबीलाई ‘विशुद्ध प्रोपागाण्डा’ भन्दै अस्वीकार गरेका छन् । ‘यो सत्य होइन, विशुद्ध रुसी प्रोपागाण्डा हो,’ युक्रेनी रक्षामन्त्रालयका प्रवक्ता मार्कियन लुबकिभ्स्कीले भने ।

याभोरिभको सैन्य अखडामा मारिएका कुनै पनि व्यक्तिलाई विदेशी पुष्टि गर्न नसकिने पनि उनको भनाइ थियो ।

आइतबार रुसका लडाकु विमानले याभोरिभस्थति सैन्य तालिम केन्द्रमा ३० भन्दा क्षेप्यास्त्र प्रहार गरेका थिए ।

पोल्याण्डको सीमा नजिकै गरिएको उक्त क्षेप्यास्त्र प्रहारमा परी ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here