क्षेत्र-१ बाट प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार मिश्रको चर्चा

मेवालाल यादव,

१८ साउन, रौतहट । रौतहटको क्षेत्र -१ बाट प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार राहुल कुमार मिश्रको चर्चा चलिरहेको छ।

frontline

मिश्रको भनाइ समय फेरि लोकतान्त्रिक चुनावको छ।समय फेरि ठूला-ठूलो सपनाको छ, जुन केवल सपना नै रहँदै आयो, रौतहट क्षेत्र नं १ को भविष्य निर्धारणको छ।

२०१५को चुनाव देखि पञ्चायत हुँदै आज लोकतान्त्रिक गणतन्त्रको हरेक राजनीतिक घटनाको केन्द्रबिन्दु रहेको छ । रौतहट क्षेत्र नं १ले आखिर पायो त के? पायो त केवल निराशा, बेरोजगारी , गरिबी, भोकमरी र अशिक्षा पायोको छ ।

ठुला ठुला नेता, मन्त्री र प्रधानमन्त्री समेत दिने यस क्षेत्रले आखिर कहिले पाउने त? कहिले पाउने त रोजगारयुक्त सुखी क्षेत्र नं १? कहिले पाउने त समृद्ध क्षेत्र नं १? कहिले पाउने त सहिष्णुता र सद्भावको क्षेत्र नं १?

मिश्रको भनाइ :- समय फेरि पनि त्यही पुराना मुहारहरुमध्ये एकलाई छान्ने बाध्यताको छ। जित जोसुकैको होस्, हार त सधैं हाम्रै भएको छ।

भ्रमको खेती, रक्सी र मासु, क्षणिक लोभलालचमा फस्दै आएको हामी अब बाहिर निस्कनै पर्छ । ती पुराना मुहार जसबाट पाईयो त केवल निराशा, निराशा र निराशा; ती पुराना मुहार जसले राजनीतिलाई कीचडको खेल बनाएको छ ।

पुराना मुहारबाट आजित रौतहट क्षेत्र नं १ मा अब राजनीति हुन्छ त केवल विकासको, रोजगार र समृद्धिको । पुराना पार्टी, पुरान ा सोच र पुराना व्यक्तिको योग्दानलाई सम्मान गर्दै विश्राम गराउने , युवाले देश हाक्ने समय आएको छ।

ठूला-ठुला भाषण गरेर होईन्, काम गरेर देखाउने दृढ सङ्कल्प र लक्ष्यका साथ तपाईहरुकै गाउँ, तपाईहरुकै ठाउँबाट स्वतन्त्र प्रतिनिधि सभाको उम्मेदवार राहुल कुमार मिश्रलाई रोज्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here