क्षणिक लेनदेनको हिसाब मिलाउन उपसभामुखलाई विवादमा ल्याइयो : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई पत्र लेखेको भए पनि आर्थिक लेनदेन नभएको दाबी गरेको छ ।
आइतबार बिहान विज्ञप्ति जारी गर्दै रास्वपाले उपसभामुखले भिसाको लागि अग्रिम मितिको आग्रह गरिएपनि आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध नभेटिएको दाबी गरेको हो ।
साथै ती व्यक्ति नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिएको समेत रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले यस विषयमा संघीय संसद् सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइरहेको बताएको छ ।
रास्वपाले रानामगरको निष्कलङ्क र उज्यालो छविकै कारण पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको तर्क पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्