क्रोएसिया र मोरक्कोबीचको पहिलो हाफ गोलविहीन

फाइल तस्बिर

७ मंसिर, दोहा । फिफा विश्वकपको समूह ‘एफ’अन्तर्गत बुधबार जारी क्रोएसिया र मोरक्कोबीचको पहिलो हाफ गोलविहीन बनेको छ। गोलका लागि दुवै टिमले सिर्जना गरेका अवसरको सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमै मध्यान्तर भयो।

आठौं मिनेटमा बायाँतर्फबाट नोसेर माजरावीले गरेको प्रहार क्रोएसियन डिफेन्डर डेजान लोभरेनले ब्लक गरेका थिए। मोरोक्कोले पुन: १२औं मिनेटमा काउन्टर अट्याकको कोसिस गरेको थियो।

frontline

हाकिम जिएचले पेनाल्टी एरियामा युसेफ एन नेसिरीलाई भेट्टाउने कोसिस गरेक थिए। तर, क्रोएसियन डिफेन्डर जोस्को ग्राभिडोलले उनको प्रयास सफल हुन दिएनन्।

जिएचले १८औं मिनेटमा दिएको पास एन नेसिरीले फेरि नियन्त्रणमा लिन नसक्दा उत्तर अफ्रिकी मुलुक अग्रता लिने सुन्दर मौकाबाट वञ्चित भएको थियो।

क्रोएसियाका निकोला भ्लासिचले २२औं मिनेटमा गरेको प्रहार मोरक्कोका डिफेन्डरलाई ठोक्किएर कर्नरमा परिणत भएको थियो। त्यो कर्नरमा सन् २०१८ विश्वकपको साविक उपविजेताले कुनै मौका बनाउन सकेन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here