क्रसर उद्योगमा आगलागी, २० लाख बराबरको क्षति

सान्केतिक तस्बिर

१३ फागुन, काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिका–८, ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाख रूपैयाँ बराबरको क्षति भएको छ । 

सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

frontline

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here