क्युबामाथि अमेरिकी नाकाबन्दी हटाउने प्रस्ताव नेपालसहित १८४ मुलुकको समर्थन
काठमाडौं । क्युबामाथि अमेरिकाले लामो समयदेखि लगाएको आर्थिक नाकाबन्दी हटाउनु पर्ने प्रस्तावको नेपालसहित १८४ मुलुकले समर्थन गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभा बैठकमा बुधबार यो प्रस्तावमा मतदान भएको थियो । नाकाबन्दी हटाउने प्रस्तावको विपक्षमा अमेरिका र इजरायल उभिएका छन् भने कोलम्बिया, युक्रेन र ब्राजिल अनुपस्थित थिए ।
अमेरिकाले लामो समयदेखि क्युबामाथि आर्थिक नाकाबन्दी लगाउँदै आएको छ ।
यस अगाडि सन् २०१९ मा भएको भोटमा १८७ मुलुकले नाकाबन्दी हटाउन माग गरेका थिए ।
क्युबाको सम्बन्धमा अमेरिका एक्लिदै गएको छ तर उसले आफ्नो अडान परिवर्तन गरेको छैन ।
अमेरिकाले भने क्युबामा प्रजातन्त्र र मानव अधिकारको रक्षा गर्ने उद्देश्यले नाकाबन्दी गर्दै आएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्