क्यालिफोर्नियाको निकुन्जको जंगलमा लागेको आगो नियन्त्रण बाहिर, हजारौं घरहरु जोखिममा

८ साउन, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको राष्ट्रिय निकुन्ज नजिकको जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएपछि हजारौं घरहरु जोखिममा परेका छन् ।

निकुन्ज नजिकैका बासीन्दाहरु सुरक्षित स्थान तर्फ सरेका छन् । योसेमाइट राष्ट्रिय निकुन्जसँगै जोडिएको जंगलमा भीषण आगलागी भएको र नियन्त्रणका लागि सम्पूर्ण संयन्त्रहरु परिचालन गर्दा पनि आगो तीव्र गतिमा फैलिरहेको जनाइएको छ ।

frontline

अमेरिकामा बढ्दै गइरहेको तापमानकाबीच जंगलमा आगलागी भएको हो ।

क्यालिफोर्नियाको जंगलमा भएको आगलागीले विश्वका सबै भन्दा ठूला रुखहरुलाई खतरामा पारेको छ ।

अमेरिकाको ओक्लाहामामा ४१ डिग्री तापक्रम पुगेकोमा डलास र वासिङटन डीसीमा हाल ३८ डिग्री तापमान मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here