क्यामरुन स्टेडियमको प्रवेशद्वार बाहिर भएको झडपमा आठजनाको मृत्यु
११ माघ, काठमाडौं । अफ्रिका नेसन्स कप फुटबल चलिहँदा भएको झडपमा कम्तीमा आठजनाको मृत्यु भएको छ ।
क्यामरुन स्टेडियमको प्रवेशद्वारबाहिर भएको झडवमा अन्य ३८ जना घाइते भएका छन् । मृत्यु हुनेमा १४ वर्षीय बालकसमेत रहेको बीबीसीले जनाएको छ ।
अफ्रिका नेसन्स कपको अन्तिम १६ मा आयोजक क्यामरुन र कोमोरोसबीचको खेल चलिरहँदा झडप भएको हो ।
स्टेडियको क्षमता ६० हजार रहेकोमा आयोजकले ८० प्रतिशतमा सीमित गरेको थियो तर समर्थकहरूले जबर्जस्ती प्रवेश गर्न खोज्दा झडप भएको बताइको छ ।
उक्त घटना दुखद भएको बताउँदै क्यामरुनका राष्ट्रपति पाउल बियाले तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
साथै अफ्रिकी फुटबल महासंघले पनि अनुसन्धान सुरु गरेको समाचारमा उल्लेख छ ।
बाहिर झडप भएको खेलमा क्यामरुन विजयी भएको छ । क्यामरुनले कोमोरोसलाई २-१ ले हराउँदै क्यामरुन अन्तिम आठमा स्थान बनाएको हो ।
अब क्यामरुनले क्वाटरफाइनलमा गाम्बियासँग प्रतिस्पर्धा गर्नेछ । गाम्बियाले गिनीलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्