क्यान र केल्मीबीच दुई बर्षको सम्झौता

५ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक जर्सी प्रायोजकका रुपमा केल्मीसँग सम्झौता गरेको छ ।

खेलकुद सामग्री उत्पादक कम्पनी केल्मी र क्यानबीच दुई बर्षको सम्झौता भएको छ ।

frontline

सम्झौता अनुसार केल्मीले नेपालीको सिनियर, जुनियर र महिला टिमलाई प्रायोजन गर्ने भएको छ । यो सम्झौता २०२२ बाट सुरु भएर २०२३ को अन्तिमसम्ममा रहनेछ ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

१३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि केल्मीले आवश्यक सामग्री प्रदान गर्नेछ । सम्झौता लगभग ६५ लाख बराबरको रहेको छ ।

कार्यक्रममा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपाली क्रिकेटका लागि महत्वपूर्ण क्षणको रुपमा रहेको बताए ।

उनले केल्मीको सहयोगले खेलाडीहरुको खेलकुद सामग्रीको अभाव नहुने विश्वास मन्त्री गहतराजले व्यक्त गरे ।

केल्मीका निर्देशक न्यौपानेले केल्मीका लागि यो सम्झौता खुसीको दिनका रुपमा रहेको बताए ।

केल्मीले नेपालका विभागीय टोली, भलिबल टिम साथै अन्य खेलकुद संस्थाहरुलाई प्रायोजन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here