क्यानबेरा विमानस्थलमा गोली चल्यो, एक बन्दुकधारी पक्राउ

२९ साउन, सिड्नी ।  अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा टर्मिनलभित्र गोली चलाउने एक बन्दुकधारीलाई पक्राउ गरिएको छ ।

आइतबार दिउँसो भएको गोली काण्डपछि एक जनालाई नियन्त्रणमा लिएको र एउटा बन्दुक बरामद गरिएको क्यानबेरा प्रहरीले जनाएको छ ।

frontline

गोली काण्डमा कोही पनि घाइते भएका छैनन् । गोली प्रहार गरेपछि विमानस्थलका केही भाग लकडाउन गरिएको थियो भने केही क्षेत्र खाली गरिएको थियो । त्यस्तै, विमान ग्राउन्डेड गरिएका थिए ।

‘एक जनालाई कारागार चलान गरिएको छ र एक जनालाई हिरासतमा लिई एक थान भरुवा बन्दुक बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here