क्यानडामा २७८ मङ्कीपक्सका बिरामी, अफ्रिकाका १२ देशमा फैलियो

१८ असार, ओटावा । क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले जुन २९ सम्म क्यानडामा कुल २७८ जना मङ्कीपक्स सङ्क्रमित भएको पुष्टि गरेकी छिन् ।  

ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटना दर्ता  भएका वरिष्ठ चिकित्सक ट्यामले जानकारी दिएकी छन् ।  

frontline

मङ्कीपक्स भाइरसको जोखिमको कुनै समूहमा मात्र नभएर यसकोसिकार जो कोही पनि हुनसक्ने  बताइएको छ ।  उनले भनिन्, ‘जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै सङ्क्रमित हुन सक्छन्। अधिकाङ्श सङ्क्रमित २० देखी ६९  उमेर समूह भित्रका छन् ।’

यो सुरुमा मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो।  हालसम्म अफ्रिकाका १२ देशहरूमा मङ्कीपक्स सङ्क्रमण फैलिएको र संक्रमितको संख्या एक हजार ७८२ भएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ ।

अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद ओगवेलका अनुसार अफ्रिकामा रिपोर्ट गरिएका एक हजार ७८२ बिरामीमध्ये १०४ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको र उक्त हजार ६७८ शंकास्पद सङ्क्रमित रहेका छन् । 

बेनिन, मोरक्को र दक्षिण अफ्रिका यस सङ्क्रमणको महामारी नदेखिएका अफ्रिकी मुलुक हुन् भने अन्य सदस्य राष्ट्रमा सङ्क्रमितको सङ्ख्या बढेको पाइएको छ ।

‘दुःखको कुरा, मङ्कीपक्सको प्रकोपले गर्दा यस महादेशमा ७३ जनाको मृत्यु भएको छ र मृत्यु दर ४.१ प्रतिशत पुगेको छ,’ सीडीसीका कार्यकारी निर्देशकले बताए।

पहिले सङ्क्रमित नभेटिएका देशहरू इथियोपिया, गिनी, लाइबेरिया, मोजाम्बिक, सिएरा लियोन, सुडान र युगान्डामा पनि सङ्क्रमित भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here