क्यानडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५३ जना घाइते
१० पुस, टोरोन्टो । क्यानडाको ब्रिटिस कोलम्बियामा अन्तरनगर यातायात सेवाको एउटा यात्रुवाहक बस दुर्घटना हुँदा ५० जना भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
शनिबार मेर्रिट सहरमा यो दुर्घटना हुँदा त्यहाँको तापक्रम झरेर माइनस ३ दशमलव ९ डिग्री सेल्सियस पुगेको थियो ।
ब्रिटिस कोलम्बिया आन्तरिक स्वास्थ्य निकायले कोड अरेन्ज जारी गर्दै दुर्घटनासँग सरोकार राख्ने सेवा सुरु रहेको जनाएको छ ।
प्रान्तीय राजधानी भिक्टोरियादेखि करिब १६० माइल टाढा भएको यस दुर्घटनाको कारण खुल्न सकेको छैन ।
दुर्घटनापछि ५३ जनालाई अस्पताल लगिएको छ । स्थानीय स्वास्थ्य निकायले घाइतेहरूको अवस्था भने सार्वजनिक गरेको छैन ।
क्यानडाली प्रधानमन्त्री डेबिड एबीले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।
बीबीसीबाट ।
प्रतिक्रिया दिनुहोस्