कौशलटारमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

फाइल तस्बिर

१७ फागुन, काठमाडौं । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–३, कौशलटारमा शंकास्पद वस्तु भेटिएको छ ।

मंगलबार बिहान ७ बजे भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले बताए ।

frontline

उनका अनुसार कौशलटारको कमलधारास्थित मिलिजुली हार्डवेयरको दक्षिण पट्टी प्रेसर कुकुरभित्र शंकास्पद वस्तु राखिएको थियो ।

‘शंकास्पद वस्तु छ भन्ने खबर प्राप्त हुने वित्तिकै घटनास्थललाई सुरक्षित राखेर बम डिस्पोजल टोलीले ९: ०७ बजे डिस्पोज गरेको थियो’ पाण्डेले भने, ‘डिस्पोज गरेर हेर्दा भाँडोभित्र २ मिटरको विजुलीको तार, इँटाको धुला, माटो र नो एमसीसी लेखिएको कागज भेटिएको थियो ।’थप अनुसन्धान जारी रहेको प्रहरीले बतायो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here