कोस्टारिकासँग पराजित जापान

११ मंसिर, काठमाडौं । किसर फुलरको निर्णायक गोलप्रेरित कोस्टा रिकाले फिफा विश्वकपअन्तर्गत समूह ‘ई’ को खेलमा आइतबार जापानलाई १–० ले पराजित गरेको छ ।

कतारको अहमेद बिन अली रंगशालामा सम्पन्न खेलमा किसर फुलरले खेलको निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा गरेको गोल निर्णायक बन्दा कोस्टा रिकाले महत्वपूर्ण तीन अंक पक्का गर्‍याे ।

frontline

उनले १८ यार्ड बक्सभित्रबाट गरेका प्रहारले ‘सेकेन्ड बार’ को जाली चुम्यो । यो जितसँगै कोस्टा रिकाले अन्तिम–१६ को सम्भावनालाई कायम राखेको छ । 

जितसँगै दुई खेलबाट तीन अंक जोडेको कोस्टा रिका तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट तीन अंक नै जोडेको जापान दोस्रो स्थानमा छ । समूहबाट शीर्ष दुई टिमले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

यसअघि पहिलो खेलमा जापानले जर्मनीमाथि २–१ को जित निकाल्दा कोस्टा रिका भने स्पेनसँग ७–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here