कोशी प्रदेशको मोरङ जिल्लामा प्रदेशस्तरीय २ दिने निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न !

कोशी प्रदेशको मोरङ जिल्लामा प्रदेशस्तरीय २ दिने निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न !
योगदान राष्ट्रको लागि संस्थाको आयोजनामा सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ स्थित सिग्देल बन्धु प्रतिष्ठान नेपाल, हाम्रो सामुदायिक भवनमा प्रदेशस्तरीय प्राथमिक उपचार सम्बन्धी २ दिने निःशुल्क तालिम सम्पन्न भएको छ ।
शुक्रबारबाट शुरु भएको तालिम शनिबार सम्पन्न भएको हो । तालिमको उद्घाटन कार्यक्रम योगदान राष्ट्रको लागि संस्थाका केन्द्रीय अध्यक्ष एवं अन्तराष्ट्रिय प्रशिक्षक श्री ओम प्रसाद उप्रेती ज्यु को अध्यक्षतामा तथा सुन्दहरँैचा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कैलाश बस्नेत ज्युको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष श्री राहुल कौशल ज्यु, सचिव श्री विष्णुमणी भण्डारी ज्यु, कोषाध्यक्ष श्री दीर्घराज भट्टराई ज्यु, केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक श्री निरोद सुवेदी ज्यु, केन्द्रीय सदस्य एवं कार्यक्रम उपसंयोजक श्री प्रेमप्रसाद गौतम ज्यु, केन्द्रीय सदस्य एवं कार्यक्रम उपसंयोजक श्री संयोग ढकाल ज्यु, आजीवन सदस्य श्री राकेशकुमार शाह ज्यु, अन्य आजीवन तथा साधारण सदस्य ज्युहरु, स्वयंसेवक ज्युहरु, नेपाली सेना, प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, महिला समूह, स्थानीयहरुको उल्लेख्य उपस्थिति थियो ।
तालिममा योगदानका केन्द्रीय अध्यक्ष श्री ओम प्रसाद उप्रेती ज्यु ले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here