कोलम्बियाका राष्ट्रपति इभान दुके सवार हेलिकप्टरमा गोली प्रहार

श्रोत : ईन्टरनेट

एजेन्सी । कोलम्बियाका राष्ट्रपति इभान दुके सवार हेलिकप्टरमा गोली प्रहार भएको छ ।

राष्ट्रपति दुकेलाई लिएर भेनेजुएलाको सीमा नजिक उडेको हेलिकप्टरमाथि गोली प्रहार भएको हो ।

frontline

उत्तरी प्रान्त सान्तान्देरको कुकुतातर्फ उडिरहेको हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर थिए ।

राष्ट्रपतिका प्रवक्ताले घटनामा कसैलाई पनि केही नभएको बताएका छन् ।

राष्ट्रपति दुकेले आक्रमणलाई कायरता भन्दै निन्दा गरेका छन् ।

आक्रमणमा संलग्नहरुको खोजी गर्न सुरक्षा निकायलाई उनले आदेश दिएका छन् ।

गोली लागेर हेलिकप्टरमा प्वाल परेको छ ।

आक्रमणको जिम्ममा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here