कोरोना संक्रमितको संख्या घट्दै गए पनि जोखिम कायमै : स्वास्थ्य मन्त्रालय

२० माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गए पनि जोखिम कायम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमितको संख्या घटे पनि संक्रमणको नयाँ भेरियन्टको जोखिम कायम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो। 

frontline

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्रले जोखिम अझै नटरेको बताइन्। उनले भनिन्, ‘संक्रमण जोखिम बढ्दो क्रममा छ। दिनप्रति दिन नयाँ भेरियन्ट देखिरहेका छन्। हेलचेक्रयाई नगरौं।’ 

उनले संक्रमणबाट बच्न भौतिक दूरी कायम र व्यक्तिगत सरसफाई र मास्कको समूचित प्रयोग गर्नुपर्ने बताइन्।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८६८, ललितपुर १७० र भक्तपुरमा ८५ संक्रमित थपिएका छन् भने देशभरि ३ हजार ६३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here