कोरोना संक्रमण बढेसंगै राप्रपाको महाधिवेशन स्थगित

फ्रन्टलाइन राजनीति । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ। यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा हुने घोषणा भएको महाधिवेशन कोभिड–१९ महामारीको अवस्था दृष्टिगत गर्दै स्थगन गर्ने निर्णय गरिएको केन्द्रीय सचिवालय श्रोतले जानकारी दिएको छ ।

पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहितको आजको बैठकले महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्ने निर्णय गरेको छ।

frontline

राप्रपाले बिरामीका लागि अस्पतालमा शैया अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, सघन उपचार कक्ष, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढिरहेकाले निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र कूटनीतिक पहल गरी अन्तरराष्ट्रिय सहयोग जुटाउन सरकारसँग माग गरेको छ। बैठकले दलको निर्देशन समिति पाँच दिनभित्र गठन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here