कोरोना बढेपछि पूर्वी नाकामा थप निगरानी, दैनिक एन्टिजेन परीक्षण

फाइल तस्बिर

९ साउन, काँकडभिट्टा । कोरोनाको संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहतका निकायलाई साउन ५ मा १० बुँदे निर्देशनात्मक अनुरोध पत्र पठायो ।

मन्त्रालयको पत्र आएलगत्तै झापाको पूर्वी नाकामा पनि कोरोना संक्रमण भित्रिन नदिन थप निगरानी बढाइएको छ । दैनिक रूपमा एन्टिजेन परीक्षण भइरहेको छ । खोप नलगाएकालाई खोप लगाउने काम पनि भइरहेको छ ।

frontline

नाकामा खटिएकी स्वास्थ्यकर्मी शान्ता भण्डारीले दैनिक औसतमा दुई सयभन्दा बढी शंकास्पद यात्रुहरूको एन्टिजेन परीक्षण भइरहेको छ ।

जसमध्ये औसतमा दैनिक ५ जना बढीमा कोरोना पोजिटिभ देखिएको छ । उनका अनुसार ७ दिनमा ५४ जनामा पोजिटिभ देखिएको छ ।

खासगरी भारतको असम, दिल्ली, चेन्नईलगायतका ठाउँबाट भित्रिने यात्रुलाई ‘शंकास्पद’ मान्दै विशेष निगरानी गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका इन्स्पेक्टर प्रेमकुमार राईले जानकारी दिए ।

‘पोजिटिभ देखिएका भारतीय यात्रुलाई भारततिरै फर्काइँदैछ’, उनले भने,‘नेपालीहरूलाई भने होम क्वारेन्टाइनमा बस्ने सर्तमा पठाइन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here